दमौली । व्यास नगरपालिका-१४ छाब्दी जॉदै गरेको बस सडक छेउ चिप्लिएको छ । दमौलीबाट छाब्दी जॉदै गरेको बस व्यास नगरपालिका-१२ गौडापहरो नजिक सडकछेउ चिप्लिएको हो ।
बस दुर्घटना हुनबाट जोगिएको छ । व्यास नगरपालिकाले ४० फुटे मार्ग कायम गरेपनि लगतकट्टा नगरिदिँदा सडकको दायॉबायॉ अत्याधिक झाडी र घॉस भएका कारण गाडी चिप्लिने गरेको स्थानीयको भनाइ छ ।