दमौली बजारमा भोलिदेखि छ दिन दैनिक सात घण्टा विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली बजारमा भोलिदेखि छ दिन दैनिक सात घण्टा विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८१, सोमबार

    दमाैली । तनहुँको सदरमुकाम दमौली बजारमा भोलि मङ्गलबारदेखि छ दिन दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजारमा सडक किनारमा नयाँ लाइन विस्तार गरी पुरानो संरचना हटाउने कार्यका लागि भोलि मङ्गलबारदेखि ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    सडक विस्तारका क्रममा पोल गाड्ने काम भइरहेको र उक्त पोलमा नयाँ लाइन विस्तार गर्न व्यास नगरपालिका–१, २, ३, ४ र ५ को केही भागमा आवश्यकता अनुसार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय रेग्मीले खबरपुञ्जलाई जानकारी दिए ।

    उनले भने, “दमौली फिडरबाट विद्युत आपूर्ति हुने ती ठाउँहरुमा आवश्यकता अनुसार विद्युत अवरुद्ध गरेर काम सुरु गर्न लागिएको छ । समयमै कार्य सम्पन्न भएमा वा मौसममा प्रतिकूलता भएमा, बन्द गर्नुनपर्ने अवस्थामा सो अवधिमा विद्युत सेवा सञ्चालन भइरहन सक्नेछ ।”