तनहुँका तीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँका तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देवघाट, ऋषिङ र भिमादका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । यस्तै जिल्ला समन्वय अधिकारीको पनि सरुवा भएको छ ।

    देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यको स्वास्थ्य मन्त्रालय सरुवा भएको छ। देवघाटमा इश्मा गाउँपालिकाबाट दिनेश सारु आउनेछन् ।

    ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय सरुवा भएको छ ।

    भिमाद नगरपालिकाका मोहन मरासिनीको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने भिमादमा जिसस पर्वतबाट कमल पुन आउनेछन् ।

    जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेलको जिसस मुस्ताङ सरुवा भएको छ भने तनहुँमा नेपाल ट्रष्ट कार्यालयबाट रोशन अर्याल आउनेछन् ।