चितवनमा मोटरसाइकल पल्टिदा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा मोटरसाइकल पल्टिदा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन। नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।

    राति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर-२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए। 

    दुर्घटनामा नवलपुरको गैंडाकोट-५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी-६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए।