काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा चुनिइन् पुलिस क्लबकी उषा भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा चुनिइन् पुलिस क्लबकी उषा भण्डारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन् ।च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चश्व रहेको हो ।

    खेलमा बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकर र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् । माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।