म्याग्देमा एकीकृत सेवा सुरु, पहिलो दिन पाँच सय १२ लाई सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा एकीकृत सेवा सुरु, पहिलो दिन पाँच सय १२ लाई सेवा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रुपमा प्रदान गर्न घुम्ती शिविर आयोजना गरेको छ । गाउँपालिकाले आइतबारदेखि सुरु गरेको एकीकृत सेवा शिविर कात्तिक ९ गते सकिनेछ ।

    पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व सङ्कलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    May be an image of 2 people and text

    शिविरको पहिलो दिन वडा नम्बरको बाख्रे गुरुङ सामुदायिक भवनमा एकीकृत सेवा प्रदान गरिएको छ । एकीकृत घुम्ती शिविरको पहिलो दिन पाँच सय १२ जनाले सेवा लिएको वडाध्यक्ष मणिभद्र वाग्लेले जानकारी दिए। उनका अनुसार पशुसेवा उपशाखातर्फ ७२, कृषि सेवा उपशाखातर्फ एक सय १३, महिला तथा बालबालिका शाखातर्फ १३, वडा कार्यालयको प्रशासनिक कार्यतर्फ आठ, स्वास्थ्य सेवा उपशाखातर्फ दुई सय ७२ र आयुर्वेद शाखातर्फ ४० जनाले सेवा लिएका छन् ।

    सोही वडाको मानुङ, बरच्याङ र गुणादीको वडा कार्यालयमा सोमबार शिविर सञ्चालन गरिने वडाध्यक्ष वाग्लेले बताए।

    May be an image of 3 people and slow loris