रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

    ‘मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने ।

    प्रहरीको अनुसन्धानदेखि कहीँ कतै पनि आफू सहकारी ठगीमा संलग्न नरहेको देखिएको दाबी गर्दै उनले गोरखा मिडियामा आएको पैसा चलाएको बारेमात्रै कारबाही गर्न भनेको बताए ।