प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फाेर्समेन्ट एडमिनिष्ट्रेशनकाे आयाेजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इन्फाेर्समेन्ट कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी छन् ।

    उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरे ।

    प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।