तनहुँका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् ।

    भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हुन् । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले खबरपुञ्जलाई जानकारी दिए ।

    “सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौँ,” उनले खुसी साट्दै भने, “हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पु¥यायो ।”

    No description available.

    विश्वको आठौँ अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ । गुरुङले सगरमाथाको चारपटक सफल आरोहण गरेका छन् ।

    सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले अन्तराष्ट्रिय माउण्टेन गाइड भएर हिमालमा काम गर्दै हिमाल सम्बन्धीकाे प्रशिक्षक पनि गर्दै आइरहेका छन् ।

    गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका थिए । गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए ।