आँबुखैरेनीमा आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न निर्देशन

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएकाे छ । शिक्षा विज्ञान प्रविधि मन्त्रालयकाेा शनिबारकाे अनुराेध तथा गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिकाे निर्णय बमाेजिम पालिका अन्तर्गतका विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न निर्देशन दिइएकाे हाे ।

    आम नागरिकलाई संयमता अपनाई समन्वयात्मक रुपमा विपद व्यवस्थापनमा जुट्न अनुरोध गर्दै विद्यालयमा भएकाे भाैतिक, शैक्षिक क्षतिकाे विवरण शिक्षा युवा तथा खेलकुद शाखामा उपलब्ध गराउन अध्यक्ष शुक्र चुमानले आग्रह गरेका छन् ।