देशभरका विभिन्न स्थानबाट ४५ सय जनाको नेपाली सेनाद्वारा उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभरका विभिन्न स्थानबाट ४५ सय जनाको नेपाली सेनाद्वारा उद्धार

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    काठमाडाै । विगत केही दिन देखि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण देशभर नै प्रभावित बनेको छ । 

    विशेष गरी प्रभावित काठमाडौँ उपत्यका लगायत कोसी, मधेस, बागमती तथा गण्डकी प्रदेशका विभिन्न १६० स्थानहरूबाट असोज १२ र १३ गते करिब ४ हजार ५ सय जनाको नेपाली सेना अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोग तथा समन्वयमा उद्दार गरेको हो । साथै, सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

    त्यस्तै, देशका विभिन्न स्थानमा अवरुद्ध भएका सडक खण्डको अवरोध हटाउने, पहिरो पन्छाउने लगायतका कार्य समेत सञ्चालन भई रहेको छ ।

    त्यसै गरी बाढी तथा पहिरो प्रभावित इलाकाहरूबाट नेपाली सेनाको हवाई साधनद्वारा निम्न अनुसार उद्धार तथा राहत सामग्रीको ढुवानी गरिएको छ ।नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित ईलाकाहरुमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ ।