काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्ले केही दिनअघि सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।