दमौलीमा जिराको मूल्यमा ठगी, अनुगमन गर्ने निकाय मौन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा जिराको मूल्यमा ठगी, अनुगमन गर्ने निकाय मौन !

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिका-३ स्थित तरकारी लाइनमा जिराको मूल्यमा ठगी भएको गुनासो आएको छ ।

    भिक्टोरी जिराको एक केजीको मूल्य ६ सय ५० भएपनि तरकारी लाइनको एक पसलले ८ सय ५० मा विक्री गरिरहेको हो । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले मंगलबार सुरुमा सोही पसलबाट जिरा खरिद गर्न जॉदा ८ सय ५० भनेपछि दमौलीकै अर्कै पसलबाट ६ सय ५० मा जिरा खरिद गरेको बताए ।

    उनले खुलमखुल्ला ठगी भएपनि अनुगमन गर्ने निकाय मौन रहेको बताए । उनले भने, ‘दशैं नजिकिदा यसरी ठगी गर्ने प्रवृत्तिको अनुगमन गर्नुपर्छ । अर्कोतर्फ किराना पसल र मसला पिसनी उद्योग एकै ठाउँमा राख्न नपाउने कानुनी प्रवधान छ। सरोकारवालाले एक पटक उक्त बजारको अनुगमन किन नगरेको होला।’