लायन्स क्लव तनहुँ सत्यवती अध्यक्ष खनालद्वारा जन्मदिनमा आश्रमलाई सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स क्लव तनहुँ सत्यवती अध्यक्ष खनालद्वारा जन्मदिनमा आश्रमलाई सहयाेग

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालले आफ्नाे जन्मदिनकाे अवसराम वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई नगद सहयाेग गरेकी छन् ।

    उनले जन्मदिनमा फजुल खर्च नगरी आश्रम सञ्चालनमा सहयाेग पुर्याउन मङ्लबार ५ हजार ५५ सहयाेग गरेकी हुन् । खनाल साेही आश्रमकी आजिवन सदस्य समेत हुन् ।

    साेही अवसरमा क्लवका पूर्व अध्यक्ष शुभ शान्तिले पनि जन्मदिनकाे अवसरमा आश्रमलाई एक हजार एक सय नगद सहयाेग गरेकी छिन् ।

    यसैबीच क्लवले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा मङ्गलबार आश्रमलाई ५ हजार ५ सय ५५ नद सहयाे गरेकाे छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि क्लवले आश्रमकाे सेवालाई थप सहज बनाउन एकदिनकाे खाजा र नगद सहयाेग गरेकाे हाे ।

    May be an image of 3 people and temple