तनहुँमा चाडपर्व लक्षित अनुगमन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चाडपर्व लक्षित अनुगमन सुरु

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । दसैं नजिकिएसँगै तनहुँमा बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, महङ्गी नियन्त्रणका लागि बजार अनुगमन सुरु गरिएको हो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको नेतृत्वमा मङ्गलबार पृथ्वीराजमार्ग छेउछाउका होटल तथा रेष्टुरेण्टमा अनुमन गरिएको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ र प्रतिबन्धित पेय पदार्थ नष्ट गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए ।

    उनले भने, “चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिँदै हेलो सरकार लगायतमा आएका गुनासोलाई सम्बोधन गर्न राजमार्ग छेउछाउका होटलहरुमा अनुगमन गरिएको हो ।”

    अनुगमनका क्रममा मूल्यसूची ग्राहकले देख्ने गरी राख्न, सरसफाइ र स्वच्छतलाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको आचार्यले बताए। त्यस्तै उपभोक्तासँग मिठो बोल्न, राम्रो व्यवहार गर्न, पानीजस्तो संवेदनशील पदार्थ तथा अन्य चिप्स, लेज, कुरकुरे, बिस्कुट जस्ता खाद्य तथा पेय पदार्थमा लगायतमा बढी मूल्य नलिन सचेत गराइएको उनले बताए ।

    ग्राहकको गुनासो आउने काम गरे र कानून विपरित भए कानून बमोजिम कारवाही गर्नेबारेमा व्यवसायीलाई जानकारी गराइएको उनले जानकारी दिए।