व्यासमा बाढीपहिरोबाट पीडित भएकालाई राहत उपलब्ध गराउन रास्वपाको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा बाढीपहिरोबाट पीडित भएकालाई राहत उपलब्ध गराउन रास्वपाको माग

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी पहिरोबाट क्षति भएका व्यास नगरपालिका भित्रका पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ ।

    रास्वपा व्यास नगर सभापति चुडामणि दाहालको नेतृत्वमा शुक्रबार नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न मितिमा आएको बाढीका कारण भएको क्षतिको मूल्यांकन गरी निष्पक्ष रुपमा राहत उपलब्ध गराउन माग गरेको हो ।

    विभिन्न वडामा बाढीपहिरोले सडक क्षतिग्रस्त भई आवतजावतमा समस्या भएको हुँदा तत्काल सडक मर्मत गरी दशैंमा सहज आवागमनको व्यवस्था मिलाउन रास्वपाले माग गरेको छ ।

    ज्ञापनपत्रमा अप्ठ्यारो अवस्था र चाडबाडको बेलामा चोरी डकैती तथा अपराधिक घटना धेरै बढ्‌ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन ध्यानाकर्षण गराइएको छ ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘नजिकिदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृतिम अभाव श्रृजना गरिएको, कालो बजारले प्रसय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अभिलम्ब अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न पालिकाको ध्यानाकर्षण गराउँदछौं।’