संविधानसभा सदस्य झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा विद्युतीय चुलो हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    संविधानसभा सदस्य झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा विद्युतीय चुलो हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमाैली । संविधानसभा सदस्य झुलबहादुर आलेको स्मृतिमा गठित झुलबहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ निवासी दुई परिवारलाई विद्युतीय चुलो हस्तान्तरण गरेको छ ।

    स्वर्गीय आलेको स्मृतिको अवसर पारेर प्रतिष्ठानले श्याम विश्वकर्मा र बलिसरा विश्वकर्मालाई साेमबार विद्युतीय चुलो हस्तान्तरण गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष एवं स्वर्गीय आलेका श्रीमती भविकुमारी आलेले यहाँ आयोजित कार्यक्रममा विद्युतीय चुलो हस्तान्तरण गरेका हुन् ।

    प्रतिष्ठानले दुवै परिवारको एक वर्षसम्मको विद्युत र खानेपानीको महशुल समेत तिरिदिने स्वर्गीय आलेका छोरा एवं प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले जानकारी दिए।

    प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिने प्रतिष्ठानका सचिव केशबहादुर थापाले बताए।

    नेपाली काङ्ग्रेसका नेता स्वर्गीय आलेको विसं २०७९ मङ्सिर नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आले संविधान सभा सदस्य, नेपाली काङ्ग्रेसको महासमिति सदस्य, पूर्व क्षेत्रीय सभापति थिए । त्यस्तै उनले साविक कोटदरवार गाविसको अध्यक्ष, गाउँ पञ्चायत उपप्रधानपञ्च, शिवसरस्वती माध्यमिक विद्यालय अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका थिए ।

    आलेको योगदानलाई चीरस्थायी बनाउन कमलबहादुर आलेको अध्यक्षतामा झुलबहादुर आले स्मृति प्रतिष्ठान गरिएको छ । प्रतिष्ठानको उपाध्यक्षमा भविकुमारी आले, सचिवमा केशबहादुर आले, कोषाध्यक्षमा माया आले, सदस्यहरुमा बाबुलाल आले, मनिसरा आले, भिमबहादुर विश्वकर्मा रहेका छन् ।