काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन् ।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् ।