सुनकाे मूल्य हालसम्मकै उच्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनकाे मूल्य हालसम्मकै उच्च

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    काठमाडाै । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

    शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

    त्यस्तै तयारी गहनाको मूल्य भने तोलाकै झन्डै २ लाख पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ ।

    आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार निर्धारण गरे पनि उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशतसम्म शुल्क जोड्छन् ।

    त्यस्तै शुक्रबारको तुलनामा चाँदीको मूल्यमा आइतबार ९५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदीको मूल्य १ हजार ९ सय ८० रहेको थियो । मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।