भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

    भिस्टारको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु भेटिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । त्यसपछि जहाजलाई खतरामुक्त प्रमाणित गरियो ।’