काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयो : प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयो : प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८१, बुधबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताएका छन् ।

    ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु प्नि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो’, प्रधानमन्त्रीले भनेका छन् ।

    १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरे ।

    ‘कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।