च्याम्पियन्स लिग : राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग : राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको जित

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    काठमाडौ । राफिन्हाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा बार्सिलोनाले वायरन म्युनिखलाई ४-१ ले हराएको छ।

    विपक्षी गोलरक्षक मानुएल नुयुरलाई छकाउँदै राफिन्हाले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए। फर्मिन लोपेजको पासमा रोबर्ट लेडवास्कीले ३६ औँ मिनेटमा गोल गरे। डिबक्सको उनको घुमाउरो प्रहार गर्दै गोल गरेपछि राफिन्हाले पहिलो हाफका बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।

    दोस्रो हाफको सुरुवातमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। वायरनका लागि हेरी केनले १८ औं मिनेटमा गोल थपे। यस सिजनमा छाएका राफिन्होको खेलमा गरेको दोस्रो गोल साँच्चै उत्कृष्ट थियो।