पर्यटन प्रबर्द्धनका लागि लायन्स क्लव अफ तनहुँ दमौलीको बैठक कोरीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटन प्रबर्द्धनका लागि लायन्स क्लव अफ तनहुँ दमौलीको बैठक कोरीमा

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८१, शुक्रबार

    दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको बैठक कोरी हिलमा सम्पन्न भएको छ । पर्यटन प्रबर्द्धनका लागि क्लवले कोरीमा बैठक राखेको हो ।

    क्लवले मादी गाउँपालिका–१ मा पर्ने कोरी पदयात्रा गर्दै बैठक सम्पन्न गरेको क्लवका अध्यक्ष रनिल रोकाले जानकारी दिए।

    बैठकमा क्लवका चार्टर प्रेसिडेन्ट राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष बसन्त गिरी लगायत सहभागी थिए।

    कास्की जिल्लाको मादी गाउँपालिका–१ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ । पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू  बढ्दै गएका छन् ।

    कोरीबाट ६,९८८ मिटर उचाइको लमजुङ हिमाल, ७,९३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, ६,९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र ८,१५६ मिटर उचाइको मनासलु हिमाल आँखै अगाडि देख्न सकिन्छ । जसले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ ।