क्यान्सर पीडितलाई पुर्कोट सेवा समाज दोहा कतारबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडितलाई पुर्कोट सेवा समाज दोहा कतारबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०८१, सोमबार

    दमौली। तनहुँको भानु नगरपालिका-९ निवासी क्यान्सर पीडित अनिल तामाङको उपचारका लागि पुर्कोट सेवा समाज दोहा कतारबाट सहयोग हस्तान्तरण गरिएको छ।

    पुर्कोट घर भई कतारमा रहेका व्यक्तिहरुको संस्था पुर्कोट सेवा समाज दोहा कतारको समन्वयमा पीडतलाई ५२ हजार ५ सय सहयोग गरिएको हो।

    पीडितलाई समाजको तर्फबाट रु २० हजार सहयोग गरिएको सल्लाहकार रेशम तामाङले जानकारी दिए। त्यस्तै समाजका निवर्तमान अध्यक्ष संगम पाण्डेको पहलमा २३ हजार प्रदान गरिएको छ।

    यसैगरी पुर्कोट सेवा समाजबाट ५ हजार, कृष्ण पाण्डेबाट एक हजार पॉच, चामनारायण श्रेष्ठबाट एक हजार पॉच, मैया विकबाट एक हजार पॉच सय, हिरा बगालेबाट एक हजार सहयोग गरिएको छ ।

    समाजले विभिन्न रोगबाट पीडित भएका विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको सल्लाहकार तामाङले बताए ।

    सहयोग हस्तान्तरण कार्यक्रममा भानु-९ का वडाध्यक्ष मिन गुरुङ, वडासदस्य कृष्णराज धमनिया, पुर्कोट सेवा समाजका अध्यक्ष सहभागी थिए ।