दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षमा ४८ फरार प्रतिवादी पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले विभिन्न अपराधमा सजाय पाएका ४८ प्रतिवादी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये ४० पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका प्रतिवादीलाई रु दश लाख ३० हजार ९ सय ७८ जरिवाना तोकिएको छ भने ११ वर्ष ८ महिना २८ दिन कैद भुक्तान हुन बॉकी छ ।
अपराध गरेपछि कानून बमोजिम कारवाही भोग्नैपर्ने बताउँदै प्रहरी उपरिक्षक शाहीले अपराधमा संलग्न जोसुकैलाई कानूनको दायरा ल्याइने बताए । उनले भने, ‘प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान नै चलाएको छ ।’