गण्डकी प्रदेशका तीन जिल्लामा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशका तीन जिल्लामा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । गण्डकी प्रदेशका तीन जिल्लामा शुक्रबार चार कोरोना सङ्क्रमित थपिएका छन् । स्याङ्जा, नवलपुर र कास्कीका चार पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्याङ्जाको गल्याङ नगरपालिका–३ का २६ वर्षीय, नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका ४४ वर्षीय पुरुष, पोखरा महानगरपालिका–२ र ८ का २० र ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सबैलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ७९ पुगेको छ भने निको हुनेको सङ्ख्या एक हजार तीन सय ८३ छ ।

    Image may contain: text that says '५२०३९०, ५२०३३० प्रदेश सरकार सामाजिक मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डट पत्रसंख्या चलानी २०७७०७ बिषय: बिज्ञप्ति क्र.स. अध्यावधिकविवरण अनुसारगण्डरक प्रदेशमा उपचारकेन्द्र, पोखरार मरहेको प्रयोगशाला नुम्बिनीप्रादेशिक अस्पताल उपचारकेन्द्र पोखरा बिज्ञान पोखरा संख्या पुगेको लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही, क्षयरोग पोखरागरिएको परिक्षण गण्डकी भएकानयाँ जनासंक्रमितहरुको स्याडजा(१ नगर/गाउपालिका संख्या नवलपरासी ब.सु.पू.) जना) लिड्ग बिनयत्रिबेणी ३जिल्ला महानगरपालिका सबैसंक्रमित व्यक्तिहरुलाई आईसोलेसन १३८३ पुगेको व्यहोरा मेतअनुरोधछ। तयारी यसैगरीगण्डकी कोरोनको संक्रमणबाट निको संख्या (मिति: २०७७/०४/२ बिहान१०:३०बज निर्देशक प्रवक्ता,गण्डकी कोरोनानियन्त्र'