चाडपर्वमा के गर्न पाइन्छ, के पाइँदैन?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चाडपर्वमा के गर्न पाइन्छ, के पाइँदैन?

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, शुक्रबार

    काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको छ।

    नेपालीहरुले मनाउने दशैं, तिहारलगायत ठूला चाडपर्वहरु आउन थालेपछि सरकारले उक्त मापदण्ड जारी गरेको हो।मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने कुरालाई प्राथमिकता दिएको छ। भेटघाट गर्नैपर्ने भए कम्तीमा २ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

    यस्तै चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने यदि जानैपर्ने भएका सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य गर्न मापदण्डमा भनिएको छ।

    यस्तै धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन मापदण्डमा उल्लेख छ।

    हेर्नुस्, यस्तो छ मापदण्ड –

    https://drive.google.com/file/d/1xb7ffkseZ1-9EqIXh4GNdJFHXypf-_Tt/view