दमाैली । राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन तनहुँकाे प्रथम जिल्ला अधिवेशनबाट दिनेश लामिछाने अध्यक्षमा चयन भएका छन् । बुधबार भएकाे अधिवेशनबाट लामिछानेकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले भ्रष्टाचार र विकृति अन्त्यका लागि युवाहरुले सशक्त आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा पार्टीयका प्रवक्ता गाेपाल दाहाल, सहमहामन्त्री प्रकाश रिमाल, प्रजातान्त्रिक युवा संगठन केन्द्रीय अध्यक्ष सुजित केसी, युवा गण्डकी प्रदेश सन्ताेष थापा, पार्टीका जिल्ला अध्यक्ष विनाेद घर्ती लगायतले धारणा राखेका थिए ।