बन्दीपुर र ऋषिङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर र ऋषिङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८१, मंगलवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दीपुर र ऋषिङ गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेकाे छ । कार्यालयले मङ्गलबारदेखि उक्त दुई पालिकाबाट परिचयपत्र वितरण सुरु गरेकाे हाे ।

    बन्दीपुरमा आयाेजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्धेश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाइएको बताए ।

    उनले भने, “परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको हो । पञ्जीकरण विभागबाट सहयोग पायौ । कर्मचारीलाई पालिकामै खटाएर परिचयपत्र वितरण गरिएको छ ।” घरदैलोमै गएर सेवा दिन सकिए जनताको मन जित्न सकिने प्रजिअ थापाको भनाइ छ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबाटै परिचयपत्र वितरण गरिँदा सर्वसाधारणलाई सहज भएको बताए।

    ऋषिङमा आयाेजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले परिचयपत्र वितरण गरेका थिए ।