दमौली । नेपाल राष्ट्रिय शिक्षक संगठन भानुको तेस्रो अधिवेशनले चिजकुमार सुर्खालीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ ।
संगठन अध्यक्ष रिदय भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनले सुर्खालीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा संगठनका गण्डकी प्रदेश अध्यक्ष रोमहर्शण पौडेल, उपाध्यक्ष बलराम रानाभाट, महासचिव ध्रुवराज सिग्देल लगायतले संगठनलाई शसक्त बनाउनुपर्नेमा जोड दिए ।
त्यसक्रममा भानुको शैक्षिक सुधारको निमित्त छलफल, शिक्षकका काम कर्तव्य र अधिकारप्रति सबै सजग र जिम्मेवार हुनुपर्ने विषयमा छलफल गरिएको थियो ।