भानु नगरपालिकामा विपद् ब्यवस्थापन सम्बन्धि बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरपालिकामा विपद् ब्यवस्थापन सम्बन्धि बैठक

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०८१, बुधबार

    दमाैली । भानु नगरपालिकामा विपद् ब्यवस्थापन सम्बन्धि बैठक गरिएको छ । भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित बुधबार बसेको बैठकले विपद्को पूर्व अनुमान, न्युनिकरण र पूर्व तयारी बारे छलफल गरिएको विपद् व्यवस्थापन समितिका सचिव ईञ्जिनियर विपिन श्रेष्ठले जानकारी दिए ।

    बैठकले गत असोज महिनामा परेको अविरल वर्षाका कारण क्षति पुगेको ३ घर परिवारलाई लाभग्राहीको सुचीमा कायम गरिएको छ भने नगरपालिका भित्र रहेका घर–परिवार मध्ये दोस्रो र तेस्रो किस्ताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

    त्यसैगरी पहिरोका कारण विस्थापित भएका वडा नं. ११ का १२ घरपरिवारलाई घर पुन निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ भने छुटेका लाभग्राहीलाई घर पुन निर्माणका लागि सिफारिस गरिएको वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बेलबहादुर अधिकारीले जानकारी दिए ।