एजेन्सी । स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । योसहित बार्सिलोनाले १५ औं पटक स्पेनी सुपरकपको उपाधि जितेको छ ।
साउदी अरेबियाको जेद्दामा भएको खेलमा रियल मड्रिडले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । तर पछि बार्सिलोनाले ५–२ गोलको जीत प्राप्त गर्याे ।
५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर १० खेलाडीमा सीमित भएपछि बार्सिलोनाविरूद्ध रियलले गोल गर्न सकेन ।