दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा माघे सङक्रान्तीको अवसरमा आयोजित गोरु जुधाई प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ ।
स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम भएको हो । प्रथम पुरस्कार स्वरूप गुरुङलाई रु १५ हजार प्रदान गरिएको छ ।
त्यसैगरी स्थानीय कृषका सन्तोष गुरुङको गोरु उपबिजेता बनेको छ । उपविजेता हुने किसानले रु ७ हजार पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा नौ वटा गोरुले प्रतियोगितामा भाग लिएका नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए ।