


दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको निःशुल्क दन्त शिविरको पहिलो दिन आइतबार ७४ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
नेलम्बो नेपालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन उक्त सङ्ख्याका सेवाग्राही लाभान्वित भएका हुन् ।
दन्त शिविर फागुन २२ गतेसम्म आँबुखैरेनी गाउँपालिका–६ स्थित प्युघर शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ । शिविरको पहिलो दिन दुई जनालाई दात भर्ने, २१ जनालाई दाँत निकाल्ने, दश जनालाई दाँत सफा गर्ने, सात जनालाई दाँतको जरैदेखि उपचार र २६ जनालाई दाँतको एक्सरे सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा दाँतको परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार गर्ने, गिँजाको उपचार, औषधि वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।