दमौली । भिमाद नगरपालिका-६ स्थित जनज्योति माविको स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।
अनेरास्ववियुले विप्लव भण्डारीलाई सभापतिमा अगाडी बढाएको छ ।
प्रतिबद्धतापत्रमा नियमित नभएका विद्यार्थीहरुलाई प्रत्यक्ष सम्पर्क गरी नियमिन बनाउन पहल गर्ने, क्याम्पस प्रशासन र प्रध्यापकहरु सँग सहकार्य गरी रिजल्ट सुधार गर्न पहल गर्ने, पुस्तकालयमा पुस्तक थप गर्न पहल गर्ने, व्यक्तित्व विकासका लागि खेलकुद, बौद्धिक क्रियाकलापहरु संचालन गर्ने, विद्यार्थी क्लबको निर्माण गर्ने, गार्डेन पार्कमा फुल रोप्ने, संरक्षण गर्ने र हालको स्ववियु पार्कलाई हराभरा र व्यवस्थित बनाउने उल्लेख छ ।
त्यस्तै विद्यार्थी संख्या वृद्धिका लागि भर्ना अभियानमा सहभागी भई क्याम्पस प्रशासनलाई सहयोग गरी विद्यार्थी संख्या वृद्धिमा पहल गर्ने, क्युए प्राप्तिका लागि विद्यार्थी गुणस्तर समुहलाई सक्रिय बनाउने उल्लेख गरिएको छ।