तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । आइतबार सार्वजनिक विवरण अनुसार व्यास नगरपालिका-१ का दुई पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको हो ।
व्यास नगरपालिका-१ का ९ र ४० वर्षीय पुरुष र १३ र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले यसको विस्तृत विवरण आउन बॉकी रहेको जानकारी दिनुभयो । “व्यास नगरपालिका-१ मा शनिबार स्वाब लिएका थियौ, व्यास-१ कै ६९ वर्षीया महिलामा कोरोना पुष्टि भएपछि उहॉका परिवारले पनि पोखरामा कोरोना परीक्षण गराएका थिए,” सोतीले भन्नुभयो, “यो कुन रिपोर्ट हो भन्ने बारे विस्तृत विवरण आएपछि मात्रै थाहा हुन्छ ।”
आइतबार मात्रै भानु नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको थियो ।