तनहुँको खैरेनीटारमा २४ घण्टामा १५० मिलिमिटर वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको खैरेनीटारमा २४ घण्टामा १५० मिलिमिटर वर्षा

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८२, आईतवार

    काठमाडौं, २१ वैशाख । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागका मौसमविदहरु बताउँछन् । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार एक घण्टायता बागमती प्रदेशमा वर्षा केन्द्रित छ । मधेश र कोशी प्रदेशमा एक–दुई स्थानमा मात्र वर्षा भइरहेको छ ।

    गत २४ घण्टाको अवधिमा भने लुम्बिनीदेखि पूर्वका धेरैजसो स्थानमा राम्रो वर्षा भएको देखिन्छ । सबैभन्दा धेरै वर्षा तनहुँको खैरेनीटारमा रेकर्ड भएको छ । खैरेनीटारमा २४ घण्टाको अवधिमा १५० मिलिमिटर वर्षा भएको छ ।

    २४ घण्टामा एक सय मिलिमिटर भन्दा बढी र दुई सय मिलिमिटरसम्म पानी परेमा ‘धेरै भारी वर्षा’ भन्ने गरिन्छ ।