पाेखरा, २४ जेठ । पाेखराबाट तनहुँतर्फ आउँदै गरेकाे माेटरसाइकल कास्कीकाे भण्डारढिकमा दुर्घटना हुँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
ग १० प ४९९२ न.को मोटरसाइकल सोही सडकको बायाँतर्फ रोकी रहेको ग १ क ४२०४ न.को टिपर (ढुँङ्गा लोड गरेको) पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर कटारी न.पा.१ बस्ने वर्ष ३१ को भिम बहादुर विककाे मृत्यु भएकाे हाे । घाइते विकलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घाेषणाा गरेकाे प्रहरीले जनाएकाे छ ।