चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    चितवन : चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर  अस्पतालको आईसीयूमा  मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको सम्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु  भएको छ । तीमध्ये २ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।