पत्रकारको निर्देशन र पत्रकारकै रचना रहेको गीत सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    पत्रकारको निर्देशन र पत्रकारकै रचना रहेको गीत सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ :

    हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
    विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
    मरि हालें भने पनि नेपालमै मर्न पाउँ
    आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ

    धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    विदेशमा बसेको छु म परेर अलमल
    निभेको छ मनको बत्ती झलमल
    कसको छ र परदेशमा आउनलाई मन
    रुदै रुदै आएको म कमाउनलाई धन

    नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिनुभयो । “नेपाली समाजको एक बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,” उहाँले भन्नुभयो, “यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्युजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौ ।”

    पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज भर्नुभएको छ । म्युजिक भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ ।