३८ वर्षीय मेसीको उत्कृष्ट लय, लगातार पाँच खेलमा गरे २ बढी गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ३८ वर्षीय मेसीको उत्कृष्ट लय, लगातार पाँच खेलमा गरे २ बढी गोल

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८२, आईतवार

    एजेन्सी, २९ असार । अर्जेन्टिनी स्टार लियोनेल मेसीले विश्व फुटबलका अनेकन मानकहरु तोडिरहेका छन्। ३८ वर्षीय मेसीको पछिल्लो लयले उनका आलोचकको मात्र हैन समर्थकलाई समेत टाउको समाउन बाध्य बनाइरहेको छ।

    मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा लगातार पाँचौं पटक दुई वा बढी गोल गर्ने कीर्तिमानी यात्रालाई आइतबार बिहानको खेलमा पनि निरन्तरता दिए। उनकै दुइ गोलमा इन्टरमियामीले लगातारको जित यात्रालाई कायम राख्यो। 

    उनको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामीले नैशभिल एससीको लगातार १५ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउँदै २-१ को जित दिलाउन सफल भयो। 

    मियामी अङ्क तालिकामा जितसँगै १९ खेलबाट ११ जित, ३ बराबरी, ५ हार सहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उ शीर्ष स्थानको फिलाडेल्फिया भन्दा ५ अङ्कले पछि छ र उसले ३ खेल कम खेलेको छ। 

    बुधबार न्यु इङ्ल्यान्ड रिभोल्युसनविरुद्ध दुई गोल गरेका मेसी एमएलएस इतिहासमै लगातार चार खेलमा मल्टी–गोल गर्ने पहिलो खेलाडी बनेका छन्। आइतबार बिहान उनले त्यसलाई पाँच खेलमा पुर्याए। 

    मेसीले खेलको १७औं मिनेटमा उत्कृष्ट फ्रिकिकमार्फत इन्टर मियामीका लागि गोलको खाता खोले। दोस्रो हाफको सुरुआतमै नैशभिलले बराबरी गोल फर्कायो। 

    ६२औं मिनेटमा मेसीले विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गर्दा उनले टिमलाइ महत्वपूर्ण ३ अङ्क सुनिश्चित गरेका थिए। मेसीले यो सिजन एमएलएसमा १६ खेलमा १६ गोल गरिसकेका छन्। 

    उनी नैशभिलका साम सर्रिजसँग (२१ खेलमा १६ गोल) बराबरी गर्दै लिगको शीर्ष गोलकर्ताको शूचीमा उक्लिएका हुन्। इन्टर मियामीका प्रशिक्षक जेभियर माश्चरानोले मेसीको वर्णन गर्ने शब्द नभएको भन्दै उनले जसरी हरेक तीन दिनमा रेकर्ड तोडिरहेका छन्, त्यो अद्भुत र अविश्वसनीइ भएको बताए। 

    उनले भने ‘उनी हाम्रो अगुवा हुन्। प्रतिस्पर्धा कसरी गर्ने भनेर उनी उदाहरण बनेर देखाइरहेका छन्। बाँकी खेलाडीहरूलाई पनि उनले आफूसँगै अघि बढ्न प्रेरित गरिरहेका छन्।’