काठमाडाै : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको निजी सचिवालयले जनाएको छ । नेता नेपाल र उहाँको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । बिहीबार नेता नेपाल, उनको परिवार, उहाँको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।
सङ्क्रमण देखिएका सबैलाई शुक्रबार राति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ ।