पर्खाल भत्किएपछि लमजुङका ३१ कैदीबन्दी तनहुँ कारागारमा स्थानान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्खाल भत्किएपछि लमजुङका ३१ कैदीबन्दी तनहुँ कारागारमा स्थानान्तरण

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    दमाैली, ४ साउन । लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरा कारागार स्थानान्तरण गरिएकाे छ ।

    कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एक मात्र ढोका (गेट) नजिकैको पर्खाल वर्षाका कारण बुधबार भत्किएको थियो। गेटसमेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको हाे ।

    May be an image of 8 people and tree

    लमजुङ कारागारबाट ३१ जनालाई तनहुँ ल्याइएकाे छ । सुरक्षा स्कर्टिङसहित बस र माइक्राेबसमा राखेर उनीहरुलाई दिउँसाे तनहुँ कारागार ल्याइएकाे हाे ।

    तनहुँ कारागारका प्रमुख टेकप्रसाद भट्टराईले लमजुङबाट ल्याइएका कैदीबन्दीलाई सुरक्षित साथ व्यवस्थापन गरिएको जानकारी दिए ।

    लमजुङ कारागारको बन्दी भवनको मूल गेटको पर्खालमा वर्षाका कारण पुग्न गएको क्षतिबाट हुन सक्ने थप सम्भावित भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरणका लागि त्यहाँ रहेका २५ पुरुष र ६ महिला कैदीबन्दी तनहुँ स्थानान्तरण गरिएको हो । मूल गेटको पर्खाल पुनर्निर्माणपश्चात् उनीहरुलाई पुनः लमजुङ फिर्ता गरिनेछ ।

    लमजुङ कारागार कार्यालयको मूल गेट लगायत बन्दी बस्ने भवनको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल प्राविधिक टोली खटाउने विषयमा प्रमुख जिल्ला अधिकारी तिनै तहका सरकारसँग आवश्यक समन्वय गर्ने र सोको आवश्यक व्यवस्थापन कारागार कार्यालय लमजुङले गर्ने सहमति भएको छ ।