फुटबल खेल्दा घाइते ममता रानाको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फुटबल खेल्दा घाइते ममता रानाको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८२, आईतवार

    दमौली, १५ भदौ । देवघाटमा वाइसिएलले आयोजना गरेको फूटबल प्रतियोगितामा घाइते भएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० निवासी ममता रानाको उपचारका लागि आर्थिक अभाव भएको छ ।

    फूटबल खेल्दा खुट्टा भॉचिएपछि चितवनस्थित देव अस्पतालमा उनको शल्यक्रिया गरिएको छ । तर अस्पताललाई रु एक लाख ४५ हजार तिर्न बॉकी छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले अस्पताललाई उधारो चेक दिइएको छ । केही दिनभित्र तिर्ने शर्तमा राना हाल घर फर्किएकी छन् ।

    परिवारको आयआर्जनको माध्यम नभएपछि उक्त रकम कसरी तिर्नेमा उनी चिन्तित छन् । उनले भनिन्, ‘अस्पतालमा रकम कसरी तिर्ने भन्ने चिन्ता छ ।’

    रानाले तनहुँको प्रतिनिधित्व गर्दै भलिबल र फुटबल खेलिसकेकी छन् ।

    दमौलीका खेलाडी गंगा गुरुङ लगायत साथीहरुले २० हजार ५ सय संकलन गरी रानालाई हस्तान्तरण गरेका छन् ।

    सामाजिक अभियान्ता सुदीप गफ्फारले खेलाडीलाई राष्ट्रका गहना भनिएपनि समस्यामा पर्दा वास्ता नगरिएको गुनासो गरे। उनले भने, ‘ अहिले उहाँलाई उपचारका निम्ति सहयोगको निकै नै ठूलो खाँचो परेको छ। आफ्नो ठाउँलाई चिनाउनको निम्ति आफ्नो सपनाहरू मारेर लागिपर्नुभएको ममता राना ज्यूलाई साथ सहयोग र माया गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं।’

    उनलाई सहयोग गर्न चाहनेले ९८६४३७७७८४ मा सम्पर्क गर्न सक्नेछन् ।