ऑबुखैरेनीबाट लागुऔषध सहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट लागुऔषध सहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमौली, १८ भदौ । ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीकोलपोखरा महानगरपालिका-३१ बस्ने ३१ वर्षीय सुमन नेपाली र पोखरा महानगरपालिका-१७ बस्ने २७ वर्षीय पारस सुनार रहेका छन् ।

    मंगलबार राति ८:३० बजेको समयमा पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा सपिङ्ग झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम ५०, फेनरागन ५० र बुफ्रिन ५० गरी एक सय ५० थान लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।