


काठमाडौ, २५ भदौ । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी भनेपछि केही जेनजी आन्दोलनकारी वार्ता छोडेर बाहिरिएका छन् ।
जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले नेपाली सेनाको मुख्यालयबाट बाहिरिँदै यस्तो बताएकी हुन् ।
‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो,’ बमले सामाजिक सञ्जालमा लेखेकि छन्, ‘उहाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भिनसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर छलफलका निम्ति तयारी गरिरहेका छौं ।’