नारायणगढ–मुग्लिन सडकमा ढुङगा लाग्दा बसमा सवार यात्रुको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडकमा ढुङगा लाग्दा बसमा सवार यात्रुको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    चितवन, ३१ भदाै । नारायणगढ–मुग्लिन सडकमा ढुङगा खरेर लाग्दा बसमा सवार यात्रुको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ६ नाम्सी पुलस्थित सडकखण्डमा तनहुँबाट नारायणगढतर्फ आउदैं गरेको ग २ ख १८३६ नम्वरको बसमा सवार यात्रु लम्जुङ घले गाउँपालिका ३ बस्ने ४६ वर्षकी ऐश्वर्या कामीलाई सडक माथिबाट खसेको ढुङगाले लागेर थियो ।

    कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । उनका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ । मृतक कामीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।