बन्दीपुर केबलकार परिसर प्रवेशका लागि आजदेखि टिकट प्रणाली सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार परिसर प्रवेशका लागि आजदेखि टिकट प्रणाली सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८२, बुधबार

    दमौली, १ असोज । बन्दीपुर केबलकार परिसर प्रवेशका लागि आज बुधबारदेखि टिकट प्रणाली सञ्चालनमा ल्याएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो सेवा प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन बुधबारदेखि केबलकार परिसर प्रवेशका लागि टिकट प्रणाली सुरु गरेको हो ।

    यो प्रणाली सार्वजनिक, शेयरधनी, पर्यटक तथा स्थानीय सर्वसाधरण सबैमा लागु हुने जनाइएको छ । केबलकार परिसरमा प्रवेश गर्ने महानुभावहरूले प्रवेश टिकट रु ५० मात्र लिई केबलकारको मुख्य प्रवेशद्धार मार्फत प्रवेश गर्न सकिनेछ ।

    प्रवेश टिकट बराबरको रकम बन्दीपुर केवलकारद्वारा सञ्चालित कुनै पनि सेवा र सुविधा दिई रहेको ड्राईभ ईन रेष्टुरेण्ट, घुमाउने घर, बन्दीपुरहिल इंटरी, सोभिनर सप, किड्स जोन, स्काई साईकिलिङ्ग, जिप लाईनमा रु ५० बराबरको टिकटमा जुनसुकै सेवा वा सामाग्री खरिद गर्दा तुरुन्त नगदको रुपमा परिणत गरि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।