एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    काठमाडौं, २९ असाेज । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए।

    एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्। ‘कसैका चौतारीमा  छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौं  कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’
    उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।