


स्याङ्जा, ७ कात्तिक । स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतली खेत-सतौं भित्री पक्की सडक अन्तर्गतको पुतली बजार नगरपालिका-१४ आम्बोटमा दुर्घटनामा परेको हो ।
मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।